तिनाउ-५,काेलडाँडा,पाल्पा

९४७०८४५८५

हाम्राे बारेमा | विद्यालयको परिचय

विद्यालयको परिचय

लुम्बिनी अञ्चलको पाल्पा जिल्लाको सदर मुकाम तानसेन देखि दक्षिणमा तिनाउ गाउ पालिका वार्ड नं। ५ अन्तर्गत समुद्री सतह देखि १२०९ मिटरको उचाईमा रहेको यो श्री बुद्ध विकास मा वि रहेको छ । २०२३ सालमा यसै क्षेत्र कोलडाँडा निवासी चेतवीर आलेले निरक्षर व्यक्तिहरुलाई शिक्षा दिने काम गर्नु भयो । वि स २०२५ सालमा देउराली तिर तथा वि स २०२७ सालमा कोलडाँडाको गोठादी टोलमा भवन निर्माण गरी विद्यालयको रुपमा कक्षा संचालन गरियोको थियो । वि स २०३२ प्रा वि तहको तथा २०३५ सालमा नि मा वि तहको स्वीकृति प्राप्त गरी वि स २०७२ सालमा माध्यमिक तहको कक्षा संचालन तत्कालिन जिल्ला शिक्षा कार्यलय पाल्पा बाट प्राप्त भए अनुसार २०७२ मा कक्षा ९ तथा २०७३ देखि कक्षा १० संचालन रहेको छ । विद्यालयमा विद्यार्थी भर्ना बृद्धि गराउनको लागि विद्यार्थी स्थानान्तरण हुने प्रक्रियालाई रोक्ने , गुणस्तरीय शिक्षा संचालन गर्नु पर्ने , विद्यार्थी सिकाई उपलबि्ध वृद्धि गर्नु पर्ने , विचैमा कक्षा छाडने दर कम गर्नु पर्ने तथा तह गत शिक्षक को व्यवस्था गर्नु पर्ने देखिन्छ ।

सामाजिक अवस्था

मानव बसोबासको हिसाबले विभिन्न जातजातिहरु थारु, राजभर, गुप्ता, चमार, दुसाध, मुसहर, कुर्मी, धोबी, बाहुन, क्षेत्री आदिको बाहुल्यता रहेको छ । धार्मिक हिसाबले यो क्षेत्र हिन्दु, बौद्ध, क्रिश्चियन, मुसलमान जस्ता धार्मिक आस्थावान भएतापनि धार्मिक सहिष्णुता रहेको पाइन्छ ।

विद्यालयको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि

यस त्रिभुवन मा.वि. बेलाटारीको स्थापना प्रतापपुर गा.वि.स. निवासी स्व. निमिन्द्र राज कण्डेलले स्थानिय जनताहरुको भेला गराई २००९ साल माघ १० गते त्रिभुवन मिडिल स्कुलको नामांकरण गरि गर्नु भएको हो । तत्पश्चात स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा २०१२ साल श्रावण २४ गते शिक्षा विभागबाट स्वीकृति प्राप्त भयो । २०२७ साल जेष्ठ महिनामा मुख्य गण्डक पश्चिमी नहर निर्माण हुंदा स्थानीय कृषकहरुको मुवाब्जाबाट ५∞ रकम कट्टागरी त्यसबाट केही अंश यस विद्यालयलाई प्राप्त भइ तत्कालिन संचालक समिति एंव प्र.अ.को सकृयतामा ७ कोठे पक्की भवन र एउटा हलको जग बसालियो । यहांका स्थानिय जनताहरुको मांग अनुसार तत्कालिन गृह सचिव श्री शेर बहादुर शाहीको प्रेरणाबाट गण्डक योजना विहार सरकारको आर्थिक एंव प्राविधिक सहयोगबाट २०२८ सालमा उक्त जगमा भवन निर्माण कार्य सम्पन्न भयो ।

२०२८ सालको नयां शिक्षा योजना अनुसार यस विद्यालयलाई जिल्लामा पांचौ मा.वि.स्तरको स्वीकृति प्राप्त भयो । तत्पश्चात विद्यालय संचालनमा आवश्यक विभिन्न शैक्षिक एंव भौतिक सुविधा जुटाउंदै २०५१ सालमा प्राथमिक स्तर अलग्गै सञ्चालन गर्न विद्यालयको दक्षिण तर्फ ०–४–० कठ्ठा जग्गामा पक्की भवनको सिलान्यास गरी पठनपाठन कार्य सुरु गरियो । आ.प्रा.शि.प. अन्तर्गत आ.व. २०५६÷०५७ मा २ वटा ब्लक र प्रतापपुर गा.वि.स. एंव विद्यालयको आन्तरिक श्रोतबाट २ कोठे भवन निर्माण कार्य सम्पन्न भयो । यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०+२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु.४ लाख संकलन गरी २०५३÷०३÷२७ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा तथा मानविकी संकाय अन्तर्गत ११ र १२ कक्षाको पठनपाठन संचालन भयो ।

२०५९ सालमा यस विद्यालयले ५० वर्षको लामो इतिहास पार गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरियो । यसै अवसरमा स्थानिय शिक्षा प्रेमीहरुबाट संकलित आर्थिक सहयोगबाट स्वर्णजयन्ती स्तम्भ, २ कोठे प्रा.वि. भवन विद्यालयको उत्तर तर्फको पर्खाल निर्माण गर्नुको साथै सन् २००३ , १५ अगस्तका दिन भारतीय राजदुतावासबाट स्वराजमज्दा ३३ सिट क्षमता भएको विद्यालय बस प्राप्त भयो । हाल यस त्रिभुवन मा.वि. मा ११ र १२ तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ । यस क्षेत्रका स्थानिय जनता शिक्षाप्रेमीहरुको प्रयासमा सि.टी.इ.भी.टी.बाट सम्बन्धन प्रँप्त गरि १८ महिने सबओभरसियरको कक्षा सञ्चालन तथा २०७३ साल देखि कक्षा ९–१२ मा प्राविधिक धार थप गरि इलेक्ट्रिकल ओभरसियरको कक्षा पनि सञ्चालन हुंदै आएको छ ।

- विद्यालयमा भएको पुस्तकालयलाई ई -लाईब्रेरी बनाइने छ। - विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरी भविष्यमा यस विद्यालयलाई १०जोड २ बनाइने छ । - आई सि टी को माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने । - विद्यालयलाई भौतिक स्रोत साधनले सम्पन्न बनाई गुणस्तरीय , जीवनपयोगी र व्यावहारिक शिक्षा प्रदान गरिने छ ।

- विद्यालय सेवा क्षेत्र भित्रका सम्पुर्ण बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने - विद्यालयको स्तर बृद्धि गर्ने - विद्यालय समुदाय विच सम्बन्ध सुमधुर गराई विद्यालयको विकास का अभिभावकको सक्रिय सहभागिता बृद्धि गर्ने - शिक्षण सिकाई क्रियाकलापमा स्मार्टवोर्डको प्रयोग गर्ने - विद्यालयको खाली जग्गामा दालचिनी लगाई आर्थिक बृद्धि गर्ने

- विद्यालय सेवा क्षेत्र भित्रका सम्पुर्ण बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने - विद्यालयको स्तर बृद्धि गर्ने - विद्यालय समुदाय विच सम्बन्ध सुमधुर गराई विद्यालयको विकास का अभिभावकको सक्रिय सहभागिता बृद्धि गर्ने - शिक्षण सिकाई क्रियाकलापमा स्मार्टवोर्डको प्रयोग गर्ने - विद्यालयको खाली जग्गामा दालचिनी लगाई आर्थिक बृद्धि गर्ने